Logo

Manka Katha

by Jimmewari

एउटा निर्णयको मूल्य

From: Anshika

To: daaku

9,365

म सधैं विश्वास गर्थे कि माया मीठो शब्द र हँसिलो अनुहार बाहेक केहि होइन, आफुले माया गरेको मान्छे जिवनसथि पाए जिवन सुन्दर हुन्छ। जीवनले यो झूट मसित लामो समयदेखि लुकाइरहेको थियो, म खुसी थिए,
हरेक दिन हाँस्दै, आफ्नै सपनाको संसारमा हराउदै। म कन्छि छोरि , सबैकि प्यारि , म एक पल्ट रुदा, मेरो दादा दिदिले ज्वरो आउनेगरि पिटाई खाएका छन, मैले बिहे अगाडिनै धेरै जि्ल्ला माईतिमा हुदानै घुमेकि छु। तर मैले यो कहिल्यै याद गरिन
म त्यो गल्ती गर्न लागेकी थिएँ जसले मेरो त्यो सपनालाई च्यात्ने थियो। गलत मान्छेसित बिहे !

मेरो जीवनमा दुईजना पुरुष थिए । एकले मलाई साँच्चै माया गर्थ्यो। उसले मेरो हरेक पीडा बुझ्थ्यो , मलाई सधै आफु भन्दा अघाडि राख्थ्यो , सधै सम्मान गरेर बोल्थ्यो । उसको मुस्कानमा इमानदारी थियो, आँखामा सान्त्वना थियो । म रिसाउदा पनि उ रिसाउदैन थियो, मैले केहि नमि्ठो बोल्दा उ आफै रुन्थ्यो, बलियो तर मायामा लाचार, माया मदनको जस्तो मुना त म अर्कैको थिइ। मैले उसलाई धेरै बेवास्ता गरें। मैले उसलाई अस्वीकार गरें। मैले उसको मायालाई ठट्टा गरें । मैले उनको विश्वासको अपमान गरें।

म भित्रको, मलाई थाहा थियो कि मेरो व्यवहार गलत थियो, अर्को पुरुष जसलाई म माया गर्थे । उसले पनि बिहे अगाडि माया गरे जस्तो गर्थ्यो,म एक दिन नबोल्दा रुने, कराउने गर्थ्यो । तर मेरो भ्रम टुट्नलाई धेरै समय लागेन !
मैले गलत पुरुषलई रोज्न पुगे, मेरो हृदयले मलाई मायाको नाटक गर्ने मान्छेलाई पछ्याइरह्यो, जसले मलाई नक्कली माया बाहेक केही देखाउँदैन।

त्यो झुटो प्रेम, जुन मैले पहिलो नजरमा सहि ठानेको थिय, मीठो शब्द बोल्थ्यो र अनुहारमा मनमोहक मुस्कान बोकेको थियो। उसले देखाएको माया साँचो थियो भनेर मैले आफैलाई विश्वस्त दिनाए।
मैले सोचेको थिइनँ कि एउटा निर्णयले मेरो सम्पूर्ण जीवन बदल्न सक्छ। मैले भित्रको आवाज सुनिन ।

मैले बाहिरी मिठासलाई पछ्याएँ। मेरो विवाहको दिन, म उज्यालो र हर्षित देखिन्थे।मैले आफुले माया गरेको पुरुष मैले श्रिमान पाएकि थिइ । सबैले मलाई बधाई दिए ।
तर त्यहि रात देखि मैले हस्न भुलेकि हु, नया बेहुलि, पहुना-पासा सबैले बुहारि त कत्ति राम्रि, बरु हाम्रै छोरो काले छ भने, कसैले भन्जि बुहारि चन्द्रमा जस्ति, भान्जा त ग्रहण जस्तो भनेर पनि गिज्जाए, लामो समय परिचय लिनेदिने गर्दागर्दै सुत्न अबेर भयो, म बिहेको तयारि गर्दा माइतिबाटै धेरै दिन देखि अनिदो र थाकेकि थिइ, भोलि पल्ट उठ्न अलि अबेर भएछ, मैले हिजो छोरि हुदा र आज बुहरि हुदाको फरक केहि घण्टामै चाल पाए ।
सुरुमा उसले नम्रतापूर्वक बोल्यो, मसँग हाँस्यो र मलाई आदर गरेको जस्तो व्यवहार गर्यो। तर जति दिन बित्दै गयो, उसको वास्तविक स्वभाव देखिन थाल्यो । उसको बोली कडा बन्यो । उसले सानातिना गल्तीमा मलाई गाली गर्थ्यो ,पिटथ्यो, त संस्कार नभएकि भनेर, सुन्न सक्ने नसक्ने संसारको सबै नरम्रो सब्दहरु भन्थ्यो। उसको माया एउटा मुखौटा बाहेक केही थिएन। मेरो शरीर र मेरो हृदय दुवैले आफ्नो मूल्य गुमाउन थाल्यो। मैले मेरो जीवनको न्यानोपन हराउँदै गएको महसुस गरें। बाहिरबाट मुस्कुराउन बाध्य भए पनि हरेक दिन म भित्र अलिअलि मरेँ । हरेक रात म आफैसँग कुरा गर्छु। आँसु बगाएर डायरीमा लेख्छु । मैले बोकेको पीडा संसारलाई देखाउन सक्दिन; यो एक बोझ जस्तो लाग्छ कि मैले मात्र बोक्नुपर्छ। म त्यो केटालाई सम्झन्छु जसले मलाई साँच्चै माया गर्यो - जसलाई मैले अस्वीकार गरें - र उनको विश्वासको हरेक सम्झना, उसको कोमल मुस्कान र उसको सानो प्रयासले मलाई भालाले झै यो घाउमा प्रहार गर्दछ। स्कुल कलेजमा एकैपल्ट फेल नभएकि म, आज जिवनकाथि रोज्दा , फेरि परिक्षा दिन नसक्ने गरि फेल भयेकिछु ।

महिना दिन पनि नपुग्दै कसैसित बोल्न नदिने, माईति जान नदिने, म दश महिनामै मेरो उमेर दश बर्ष बुढि देखिन थाले, मलई मात्र हैन गालि गर्दा मेरो बुढा बुढि भएका मलाई जन्मदिने आमा बाबाको पनि अपमान गर्थ्यो ।, हिजो म जिउदो थिय, आज सास त चलेको छ , तर म जिबित छैन, न म मेरो पिडा कसैलाइ सुनाउन सक्छु न कसैलाई देखाउन सक्छु,हुनत म ३५ बर्षकि भए, तर बिहे देखि आजसम्म मैले माईतिमा जसरि खाना खायकि छैन, नपुगेर हैन, मन नलागेर , मेरो ठुलो स्वर अचेल मेरो कान सम्म पनि पुग्दैन, माइतिमा दाई हुनुहून्छ, भाउजुलाइ कत्ति माया गरेर राखेकाछन रे ! मेरो बा-आमाले छोरि भनेर बोलाउनु हुन्छ रे, म भगवान मा धेरै बिश्वास गर्छु, तर म आज यो अवस्थामा छु कि, मैले रोजेको गलत मन्छेले भगवानको धेरै पुजा गर्न्नु पर्दैन, तेरो भगवानले केहि गर्दैन भन्छ। म कहिले आफुलाई, स्वस्थानी ब्रतकथाकि चन्द्रावती सम्झन्छु, हुनपनि भवगानले मैले जस्तै मलाई मायागर्ने मान्छे नदिएका हैनन, गल्ति मैले आफुले माया गर्नेलाई रोजेर गरे। माईतिमा हुदा पढ्नुपर्छ भनेर मैले विश्वविद्यालय परिक्षासम्म पास गरेकिछु, तर एक गल्तिले सबै चकनाचुर गर्यो

आजलाई समय मिलाएर यति लेखेकि छु, बाक़ी अर्को दिन !